मुटु सबै दिँदा पनि तिरस्कार गर्ने तिमी
कहाँ पाउँछौ मैले झै साँचो प्यार गर्ने तिमी
पर्ख भनेको सम्झि बाटो हेर्छु अाधार बिना
भेटौला म जति काहाँ ईन्तजार गर्ने तिमी
मनले चुनेको तिमी चाहेर पनि भुल्ने छैन
बिझाई रहन्छौ तर छुरा प्रहार गर्ने तिमी
नसक्ने भए किन झुटा खायौ कसमहरु
अाँफै मागि चोखो माया र गद्दार गर्ने तिमी
कपटि रहेछ बुझ्न कहाँ सकेँ र तिम्रो भाषा
नाफा घाटा तौलिएर मन व्यपार गर्ने तिमी
सृजना ढकाल
बिरौटा पोखरा