नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषद् बैठक पोखरामा सुरु

0
7

 

पोखरा। नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषद बैठक साेमवार पोखरामा सुरु भएको छ ।

बैठकको उदघाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जनतालाई न्याय दिलाउन, अदालतलाई न्यायीक स्वतन्त्रता दिलाउनकालागी बार एसोसिएसन निरन्तर लागिरहन आग्रह गरे ।

न्यायपालिकाभित्र विकृति मौलाएको भन्दै नेपाल बार एसोसिएसनले त्यसको विरुद्धमा छेडेको आन्दोलनलाई जारी राख्ने उद्घोषका साथ पोखरा बैठक सुरु भएको नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

त्य्स्तै पोखराका मेयर धनराज आचार्यले  समाज विकासकालागी मानव अधिकार मुख्य विषय रहेको बताए ।  उनले  देशमा संघीयता आइसकेको परिपेक्षमा संविधान सही ढङ्गले कार्यान्वयन भए न भएको विषयमा बारले ध्यान दिन आग्रह गरे ।

बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापले नेपालको गणतान्त्रिक संविधान भएपनी सम्बिधान कार्यान्वयनको सन्दर्भमा फितलो देखिएको बताए । उनले नेपाल बार प्रतिपक्ष न भए पनि सरकारले गरेका काम कार्वाहीलाई खवरदारी गर्ने र कानून अनुसारको शासन होस भन्ने धेय रहेको बताए । बारले आवाज उठाउने , कमिकमजोरी औल्याइदिने बताउदै सम्बन्धित पक्षले आफ्ना कामकारबाही चुस्तदुरुस्त बनाउदै जानू पर्ने बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापले बताए ।

अदालतको भ्रस्टाचार र बेथितिको बारेमा आवाज उठाउदा बारका अध्यक्षले अपहेलनाको मुद्दा  खेप्नु परेको बारका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता रक्षा बस्यालले बताइन । उनले कानून ब्यवसायी र अदालत एक सिक्काका दुई पाटा भनिए पनि त्यसो हुन नसकेको बताइन ।

गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयता अनुरुप न्यायपालिका अर्थात अदालतको  पुनर्संरचना गर्नुपर्नेमा जिड दिए । सम्बिधानले तोकेको प्रदेश न्यायपालिका बनाउने कुरा उठेपनि संघीयता कार्यान्वयन नहुदा प्रदेशमा बसेर काम गर्न गारो भएको उनको भनाई थियो । न्यायपालिकाको काम कामकारबाही चुस्तदुरुस्त नहुदा  भ्रष्टाचार मौलाउदै गएकोले त्यस तर्फ आवाज उठाउन बारलाई आग्रह गरे ।

नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष गोपाल घिमिरेको अध्यतामा सुरु भएको सम्म्मेलन भोलिसम्म चल्नेछ ।  बैठकमा विभिन्न एजेन्डामा छलफल हुने  बताइएको छ । बैठकमा देशैभरबाट करिव १ हजार अधिवक्ताहरुको सहभागिता रहेको छ ।