संकल्प गण्डकी प्रदेशकाे अध्यक्षमा तिमिल्सिना

0
19

 

पाेखरा। शान्ति ,न्याय र लाेकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशको अध्यक्षमा सरिता तिमिल्सिना पगेनी निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा मिलन भुजेल ,सचिवमा ईश्वरी बिक,काेषाध्यक्षमा ईश्वरी चापागाईं चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरुमा मुन्नी खातुन,गीतामाया श्रेष्ठ ,पवित्रा खड्का ,गंगा चापागाईं र माया गरुङ भुजेल चयन हुनुभएको छ। विहीबार पोखरामा भएको प्रदेश स्तरिय समितिको अभिमुखिकरण तथा पुनर्गठन कार्यक्रमको आवसरमा उक्त समिति गठन गरिएको हो ।

 

यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै संकल्पका संस्थापक अध्यक्ष दुर्गा साेबले महिलाको संबैधानिक निकायहरु र राज्यका संरचनाहरुमा समान सहभागिता वनाउनका लागि संकल्पले काम गरिरहेकाे  जानकारी दिनुभयो ।शान्ति ,सुशासन र राजनितीमा महिलाको निर्णय र शक्तिशाली भुमिका निर्माण गर्ने लक्ष्यका साथ संकल्पले ७७ वटा जिल्लामा काम गरेको उहाकाे भनाइ थियाे ।

शान्ति ,न्याय र लाेकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशका उपाध्यक्षा सरिता तिमिल्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा वानका उपाध्यक्ष दुर्गा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे भने कार्यक्रम संचालन संकल्पका केन्द्रीय सदस्य अमिका राजथलाले गर्नुभएको थियाे।