पाेखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त आयोजना तथा जीवन विज्ञान परिषदको सहकार्यमा स्वास्थ्य र शिक्षामा स्वजागरण कार्यक्रम शनिबार पाेखरामा सम्पन्न भएको छ।
कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गण्डकी प्रदेशमा आरोग्य पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
उहाँले मानिसमा सकरात्मक भावकाे विकास गर्न याेग र साधनाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
जीवन विज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष एलपी भानु शर्माले मानिसकाे जन्म अरुको आलोचना र निन्दा गर्न हाेईन सर्वाेत्कृट जीवन बाँच्नका लागि भएकोले आफू पनि खुसी र अरुलाई पनि खुसी राख्ने वातावरण सृजना गर्नु अहिलेकाे आबश्कता रहेकोमा जाेड दिनुभयाे।
गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले मानिसलाइ शारीरिक र मानसिक रुपका वलियाे बनाउन सघाउने याेग र साधना जस्ता कार्यक्रममा प्रदेश सरकारकाे तर्फबाट सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले शरीर र मनमा सकरात्मक उर्जा भर्नका लागि याेग साधनाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लाेकनाथ आचार्यले संचालन गरेको कार्यक्रममा कास्कीका विभिन्न सरकारी कार्यलयका कर्मचारीहरुकाे सहभागीता रहेको थियाे।