१
काइला बाको घरमा पूजा जान पाए हुन्थ्यो
उनकै हातको पञ्चामृत खान पाए हुन्थ्यो
छम् छम् नाच्दै उनैसँग जब थकित भइन्छ
डोर्याएर एकान्तमा लान लान पाए हुन्थ्यो
२
मस्जिदमा दुवा मिल्दैन मन्दिरमा दियो जल्दैन
बन्दी छ मान्छे दिवारभित्र सडकमा गाडी चल्दैन
सङ्कटमा छीन् धरा अाऊ हातेमालो गरौं
हुनेले ठूलो मन नगरे दुखीको चूलो बल्दैन
३
मेरो धड्कनमा छौ मनभित्रकी रानी तिमी
पुरै जीवनमा छौ रहरलाग्दो जवानी तिमी
अाफ्नै भन्दा पनि धेरै मायाँ गर्न थालेको छु
बाधा अड्चनमा होस् अागो लाग्दा पानी तिमी
४
बनपाखामा पात बजाउँदै बाख्रा चराएको
चिरबिर गर्दै भगेराको जोडी कराएको
अस्ति जस्तो लाग्छ सँगै पँधेरीमा धाको
छिमेकीले देख्लान भन्दै तिमी डराएको
५
रोकिएला भन्दा अझै,पारो चढ़दै गयो
आफ्नो भन्दा परिवारको,चिंता बढ़दै गयो
अझै के के हूने होला,कस्लाई थाहा छ र
आशा भन्दा निराशाको जरो गड़दै गयो
राममणि सुवेदी
रुपा ७ कास्की
हाल मुंबई