ने.वि. संघ नेता बिपिन पौडेलका परिवारले शनिबार सडक बाल-बालिकालाई खाद्यान्न सहयोग गरेका छन्।
नेपाल रेड क्रस सोसाइटी पोखरा -९ नयाँबजार शाखाद्वारा नव- प्रभात माध्यमिक विद्यालयमा एक शिविर संचालन गरि करिब २५ सडक बाल-बालिकालाई बासस्थान बनाई खाना-खाजा खुवाउँदै आएको छ।
पौडेलका बुवा बिष्णु पौडेलले चामल, दाल, सोयाबिन, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न बस्तुहरु उक्त शिविरकि संयोजक उमा ठकुरीलाई हस्तान्तरण गरेका थिए।
सो खाद्यान्न सहयोग कार्यक्रममा पौडेलका बुवा बिष्णु पौडेल , दिदि दिपा पौडेल र वरिष्ठ पत्रकार गंगाधर पराजुली सहभागी भएका थिए।
पोखरा पोष्ट डट कमसंग कुरा गर्दै विद्यार्थी नेता पौडेलले, यो बिश्व महामारीको समयमा एकले अर्कालाई जे सकिन्छ त्यही सहयोग गरेर अघि बढ्नु पर्ने र सबै मिलेर कोरोना विरुद्ध लडेर एउटा जित हासिल गर्नुपर्ने जनाएका छन् भने उनका बुवा बिष्णु पौडेलले ” नेपाल रेडक्रस सोसाइटी पोखरा -९ ले उक्त शिविर संचालन गरेर सडक बालबालिकालाई खान- बस्नको राम्रो प्रबन्ध गर्नुभएकोमा उहाँहरुलाई धन्यवाद दिदै उहाँहरुलाई आफ्नो परिवारले केही सहयोग गर्न पाएकोमा आफूहरु खुसी रहेको बताउनु भयो।”
विद्यार्थी नेता पौडेलले वरिष्ठ पत्रकार गंगाधर पराजुलीले आफुहरुलाई सो कार्यमा साथ दिनुभएको र शिविरकी संयोजक उमा ठकुरीले सहयोग गर्ने मौका प्रदान गरिदिनु भएकोमा धन्यवाद ब्यक्त गरेका छन्।