दुर्गा न्याैपाने
भेटिन्छ एकदिन अवश्य काल जिन्दगीमा
लाउँछ आगो बालेरै पर्खाल जिन्दगीमा
मर्न मन लाग्दै लाग्दैन कुनै प्राणीलाई पनि
थाहै नदिई फ्याँक्छ जाल जिन्दगीमा
लाग्दैछ हाम्रै घर आँगनमा घुमिरहेछ मृत्यू
खोस्छ पक्कै खाईरहेको थाल जिन्दगीमा
अथाह फूल छन् आँसु र हाँसोका कति
आउँछ अप्रिय बगाउने छाल जिन्दगीमा
कसैको मायाले साँची कति फरक पार्दछ
अनि बिर्सिन्छ सबै हुन्छ कमाल जिन्दगीमा