पोखरा -१७ दोबिल्लाका सुरेन्द्र गिरी १८ वर्षपछि पक्राउ

0
411

पोखरा। पोखरा- १७ दोबिल्लाका ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा सजाय फैसला भएको १८ वर्षपछि पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौडले उनलाई २०५९ सालमा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला गरेका थिए ।

 

हालसम्म फरार रहेका उनलाई बुधबार  वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा- १७ दोबिल्लाबाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।