लागुअाैषध उपचार र पुनस्र्थापनाकाे क्षेत्रमा उल्लेखनीय भुमिका खेल्दै आई रहेको कम्युनिटी सर्पाेट ग्रुप भलाम २० मा पारिवारिक बैठक तथा परामर्श कार्यक्रम सम्पन्न भएको । कार्यक्रममा लागुअाैषध प्रयाेग ले यसले ब्याक्तिगत पारिवारिक सामाजिक तथा शारीरिक र मानसिक रूपमा पार्ने प्रभाब काे बिषयमा जानकारी गराईएकाे थियाे ।
कार्यक्रममा बाेल्दै संस्थाका परामर्शदाता सन्ताेष गुरूङले नशा सेवनका कारण र यसकाे समाधानका बिषयमा प्रकाश पार्नु भएको थियाे साथै संस्थाका कर्मचारी सुशील लामिछाने उपचारमा सञ्चालन हुने विभिन्न गतिविधि उपचारकाे तरिका र उपचार पछि पुन लागुआैषध काे सेवन नगर्नेकाे लागि परिवारले खेल्नु पर्ने भुमिका काे बिषयमा जानकारी दिए।
कार्यक्रम यसै संस्था मा उपचार लिई समाज र परिवार मा स्थापित भएका केही पुर्व लागुआैषध प्रयाेग कर्ता काे अनुभव पनि बाडिएकाे थियाे। कार्यक्रमकाे समापन गर्दे संस्थाका कार्यक्रम संम्याेजक अबिनाश गाैचनले एउटा लागुआैषध प्रयाेग कर्ता लाई सुधार गर्ने काे लागि परिवार काे महत्त्वपूर्ण भुमिका रहने र परिवार र समाज ले उपचार पछि हेर्ने दृष्टिकोण काे मा परिवर्तन गर्नु पर्ने कुरामा जाेड दिए साथै उपस्थित अभिवाबक हरू ले संस्थाले दिएकाे उपचार अत्यन्तै राम्रो रहेको र यस्तो कार्यक्रम हरू भईरहनु पर्ने कुरामा जाेड दिए।
कार्यक्रममा संस्थामा उपचारत सदस्यका २३ जाना अभिवाबक काे उपस्थिति रहेको थियाे कार्यक्रमकाे सञ्चालन अमृत कुमार भट्टराईले गरेका थिए।।