पोखरा ३२ को वडा कार्यलय भवन शिलान्यास

0
877

 

पोखरा महानगरपालिका वडा नं ३२ स्थित स्याल तहरामा शुक्रवार वडा नं. ३२ को अत्याधुनिक दुई तले सुविधा सम्पन्न ८ कोठे वडा भवनको सिलान्यास गरिएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न वडा भवनको सिलान्यास गर्दे पोखरा महानगरपालिकाका मेयर मानवहादुर जि.सी.ले नागरीकले तिरेको करवाट निर्मित  भवनको निर्माण पश्चात संरक्षण पनी स्थानीय नागरीकले गर्नु पर्ने कुरामा जोड दिदै सिंह दरवारको अधिकार गाउँगाउँमा पुरयाउनका लागि राज्यले वडा वाटै  भौतिक पुर्वाधारको निर्माण गरीरहेको वताए ।
पोखरा वडा नं. ३२ का वडा अध्यक्ष अक्कलवहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा पोखरा महानगरपालिका कार्यालयका अधिकृत शेसनारायण पौडेल, वडा सदस्य सुनमाया नेपाली, निर्माण व्यवसायी सुरेन्द्र वस्नेत लगायतले अत्याधुनिक भवन समयमा नै सम्पन्न गर्नु पर्ने कुरामा जोड दिएका थिए भने वडा सचिव मोतिराज पोख्रेलले कार्यक्रमको संचालन गरेका थिए ।
करीव १५ रोपनी जग्गामा निर्माणाधिन भवनको कुल लागत २ करोड ५१ लाख १८ हजार रुपौयाको लागतमा निर्माण हुने भवन आगामी २०७६ साल माघ ३ गते सम्ममा  कार्य सम्पन्न भइसक्ने  ईन्जिनियर जगन्नाथ कोइरालाले जानकारी दिए ।
त्यसैगरीे पदमराज तिवारीको संयोजकत्वमा ९ सदस्यीय  भवन निर्माण सहयोग समितिको चयन भएको छ भने सदस्यहरुमा भुवनराज पण्डित, सुरज तिवारी, एस नारायण तिवारी, घनश्याम तिवारी, गोविन्द पगेनी, इन्द्रविलास तिवारी र यमवहादुर विक रहेका छन । भने  सल्लाहकारमा टेकनाथ पन्थी, विमला वस्नेत, हरी लामिछाने र सावित्री पण्डित रहेका छन ।