लेखनाथ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ सस्थाको सहयोग र सहभागितामा हुन लागेको १५ औं सस्करणको लेखनाथ महोत्सवको अवसरमा आयोजित कबि शिरोमणिको सम्झनामा राखिएको खुल्ला कविता प्रतियोगितामा के आर ढकाल प्रथम भएका छन्। प्रतियोगितामा विवेचना घिमिरे द्धितीय तथा प्रेम नारायण ढकाल तृतीय भएका छन् ।
प्रतियोगितामा श्रीराम अधिकारी, शाान्ता वास्तोला, सुरेश अधिकारी र देशवन्धु आचार्य सान्त्वना भएको कविता प्रतियोगिता संयोजक नवराज अधिकारीले वताए । प्रतियोगितामा निर्णायक तर्फ साहित्यकार तथा क्याम्पस प्रमुख रामजी लामिछाने (संयोजक)साहित्यका तथा समालोकयक एवं गण्डकी साहित्य संगमका अध्यक्ष डा कृष्णराज अधिकारी साहित्यकार तथा प्राध्यापक श्री आनन्दमणि रिजाल रहेका थिए ।
महोत्सव लेखनाथको सस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी भन्ने मूल नाराका साथ पुस ५ गतेदेखी १६ गतेसम्म पोखरा महानगरपालिकाको वडा नं. २७ डाडाँकोनाक तालचोकमा हुने महोत्सव अन्तिम तयारीमा समेत जुटेको प्रचार प्रशार संजोजक गोपिचन्द्र वास्तोलाले जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.