नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका एवं मोडल ज्योति मगरको एउटा विवादास्पद वयान अहिले भाइरल बनेको छ ।
पछिल्लो समय उत्ताउलो पारामा प्रस्तुत हुने उनले एक कार्यक्रममा सायरीमार्फत आफू ड्रमसेट भएको र बजाउन सक्नेले लग्न सक्ने बताएकी हुन् ।
उसो त पछिल्लो समाचार अनुसार ज्योति विहे गर्नका लागि केटाको खोजीमा रहेको बताइन्छ ।
आधा तिघ्रा देखिने छोटो कालो पोसाकमा मञ्चमा देखिएकी ज्योति मगरले दर्शकदीर्घामै गएर आफूसँगसँगै दर्शकलाई उफारिन् । उनका गीतभन्दा उनले दर्शकलाई देखाउँदै गरेका ‘ननभेज’ कुराकानीले बढी दर्शक तानेको थियो ।
‘मलाई त जेन्टलम्यानभन्दा पनि ब्याड ब्वाइहरू मन पर्छ’, दर्शकदीर्घामा नाचिरहेका युवालाई देखाउँदै उनले भनिन्, ‘१२ वर्षको जस्तो देखिन्छ तर पनि जीउडाल त मिलेकै छ ।’ युवाहरूलाई आई लभ यु भन्दै उनले भीडमा रुमाल मागिन् । कोही नआएपछि भनिन्, ‘आउने हिम्मत छैन कि क्या हो ? जाँदाजाँदै उद्घोषिका चन्दा खड्कालाई देखाउँदै उनले थपिन्, ‘चन्दाको फिगर कोकाकोला, मेरो जम्बो कोला, त्यसैले धेरैलाई पुग्छ ।’