आशिष थापा
धेरै समय अगाडी नेपाली विषय पढ़ाउने गुरुले ब्याकरणमा , धुर्ब सत्य कुरा जस्तै सुर्य पूर्व बाट उदाउछ र पश्चिमा अस्ताउछ भन्ने कुराको काल परिवर्तन हुदैन भन्नुहुन थियो त्यति खेर मलाई लाग्ने गर थियो, सायद सुर्य सधै पूर्व बाट उदाएको देखेर त्यस्तो भनेको हुनु पर्छ तर त्यो त पछि पो थाहा पाए कि पृथ्वी घडीको दिशामा घुमेको भएर पो यो कुरा सत्य भएको अन्यथा यदि पृथ्वी घडीको बिपरित दिशा मा घुमेको भए सुर्य पश्चिम बाट उदाएर र पूर्वमा अस्ताउने थियो। सुर्य पूर्व बाट उदाउदा दिन र पश्चिमा अस्ताउदा रात हुन्छ भन्ने गरिन्छ तर यो कुरा पनि सत्य छैन, त्यो त पृथ्बी ले रचेको भ्रम जाल जस्तै हो । वास्तवमा सुर्य त धर्तिमा मानव बस्ति सुरु हुनु भन्दा धेरै समय पहिले देखि उदाएको मात्रै छ , यो अस्ताएमा त जीवन नै रहदैन। सुर्य त एउटा बहाना मात्रै हो , मानव जीवनलाई चाहिने त प्रकाश हो। अन्तरिक र बाहिरी प्रकाश दुवै।
जसरि ज्ञानको प्रकाशसंग अन्तरंग सम्बन्ध छ ठिक त्यसै गरि प्रकाशको स्वतन्त्रता संग गहिरो साइनो छ। प्रकृतिले दिएको स्वतस् प्रकाश साथमा लिएर , कसैको प्रबाह नगरी खुल्ला आकाशमा एकनासले मन्द मन्द गतिमा उड्ने जीव हो जुनकिरी त्यसको मन्द गति देख्दा लाग्छ कसैको भय छैन , डर छैन
आहा।।।।।।।।।।।।। कति सरल जिन्दगी ११११११ , यसरी बिताउन पाए स्वर्ग जान किन सपना देख्नु पर थियो र १११
र सायद उसले सिकाउने पाठ पनि यहि हो कि समय आफ्नो बस मा होस् या नहोस आफु संग भएको क्षमताको कदर गर्दै सधै प्रगति पथ तर्फ़ लम्की रहनु पर्छ र जीवन मा भय कुनै चिज को राख्नु हुदैन।
साहित्य र कला को क्षेत्रमा जुनकिरी शब्दले प्राय नविन आयाम थप्ने काम गर्छ। यसलाई रचना र अभिनव संग जोड्ने गरिन्छ , यो जीव लाई दिन मा देख्दा त्यति मनमोहक लाग्दैन जति रात मा देख्दा। क्षण भरलाई भए पनि मानिस लाई अनौठो दुनिया मा निमन्त्रण दिने यो जीव आफैमा भने त्यति नौलो छैन। सामान्यता, रात को समय देखिने यो जीव, शरीर बाट एक बिशेष किसिम रसायनको माध्यम बाट केहि उज्यालो छर्ने जमर्को गर्छ। हुन त त्यो धिप धिप प्रकाशले के नै पो काम गर्छ र ? त्यहि पनि त्यो जीव को चर्तिकलाले केहि समय को लागि भए पनि मानिस लाई रोमान्चक अनुभव गराउछ र भएको दुख र पिडा बिर्साउछ। सायद त्यहि कारण हुन सक्छ कलात्मक व्यक्तिको लागि त्यो आकर्षण को केन्द्रबिन्दु भएको। एउटा सामान्य जीव भएर पनि त्यसले गरेको प्रयास सराहनिय छ।
यो जीवमा भएको प्रकाशले बाहिरी द्वन्द शान्त नपारे पनि मानिसको आन्तरिक युद्धलाई सेतो झन्डा देखाउने काम गरेको छ। मानिस लाई मानिस हुनु को महत्व र प्राकृतिक सुन्दरता मा सुनमा सुगन्ध थपे जसरि मिठाश घोलेको छ। शत्रुलाई चेतवानीको रुप मा प्रयोग हुने जुनकिरी को धिप धिपे प्रकाश शत्रु भन्दा पनि धेरै मित्र बनाउन सफल भएको छ।
कसैलाई केहि हानी नगर्ने त्यो जीव सायद पृथ्वीमा स्वर्गको आभाष दिलाउन मात्रै आएको हुनु पर्छ। बिशेष समय मात्रै फुल्ने र स्वर्ग बाट आएको मानिने पारिजात को फुल संग यसको पक्कै साइनो गासिएको हुनु पर्छ।नत्र किन यी दुवै चिजले मानिस लाई किन रमणीय महशुष गराएको रु
प्रकृतिको हरियाली र फुल को रंगी बिरंगीमा रमाउने जुनकिरी आजभोलि मानिस को प्रकाश प्रदुषणको शिकार भएका छन् । जसले गर्दा उसको जैविक चक्रलाई ध्वस्थ पारिदिएको छ। हुन त सुर्यको प्रकाश अगाडी जुनकिरी को प्रकाशले के मूल्य राख्छ र ? त्यहि पनि सिर्जना र कला जोगाउन यसले महत्वपुर्ण भूमिका खेल्ने भएको भएर पनि यसको रक्षा गर्न जरुरि छ।