विश्व ज्योतिष महासंघ गण्डकीका संयोजक अर्जुन कुमार लामिछाने अष्ट्रेलिया जादै

0
1676

पोखरा  । विश्व ज्योतिष महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका संयोजक युवा ज्योतिषी अर्जुन कुमार लामिछाने अष्ट्रेलिया जाने भएका छन । अष्ट्रेलियामा वसोवास गरिरहेका नेपालीहरुको आग्रहमा लामिछाने अष्ट्रेलिया जान लागेका हुन ।  भारतका राजस्थान स्थित श्री महर्षी कलेज अफ वैदिक अष्ट्रोलोजी बाट ज्योतिष विषयमा स्नातकोत्तर गरेका लामिछानेले चिना कुण्डली मार्फत भुत, बर्तमान र भविष्यको स्पष्ट खाका दिने, बास्तु सम्वन्धी सम्पूर्ण ज्ञान तथा चिनिया ज्योतिषशास्त्र ९ फेङ सुई ० मा दख्खल राख्दै आएका छन । युवा अवस्थामा नै विभिन्न क्षेत्रको ज्ञान हासिल गरेका उनले अध्ययन, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, लोकसेवा आयोगको परिक्षाको नतिजा, सफल वैवाहिक जीवन जस्ता विषयमा चाँसो राख्नेहरुको जिज्ञासा समधान गर्दै आएको जानकारहरु वताउछन । आगामी २८ अप्रिल देखी ११ दिनको लागि अष्ट्रेलिया जान लागेका लामिछानेसंग अष्टे«लियाको विभिन्न स्थानमा वसोवास गर्दै आएका नेपालीहरुले सामाजिक सञ्जालबाट सम्पर्क गरिरहेको उनले जानकारी गराए ।  “ज्योतिष विद्यालाई अन्तर्राष्टियकरण गर्नुको साथै नेपालीहरुको जिज्ञासा मेटाउने हेतुले यो भ्रमण हुन लागेको हो, लामिछानेले भने  , भ्रमणलाई सम्भव भएसम्म सार्थक र सफल बनाउनेमा मेरो प्रयास रहनेछ । अष्ट्रेलियामा रहँदा उनी व्रिस वेन Brisbane  मा रहने र ईच्छुक नेपालीहरुलाई सेवा लिनको लागि विना लामिछाने  ०४५२१९८७९७ ० मा सम्पर्क राख्न समेत उनले अनुरोध गरेका छन  ।” ज्योतिष लामिछानेले पर्यटकिय नगरी पोखरामा नवदिशा ज्योतिष परामर्श केन्द्र लि। मार्फत सेवा प्रवाह गर्दै आएका छन । यो संगै उनि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहँदै बिभिन्न सामाजिक गतिबिधिमा समेत सक्रिय भुमिका निभाउदै  आएका छन ।  विज्ञान र तथ्यमा आधारित रहेर भविष्यवाणी गर्न सक्ने क्षमता भएका   लामिछाने संग आफ्नो भविश्यको ग्रह दशाका बिषयमा जिज्ञासा मेटाउनेहरुको संख्या बढिरहेको छ ।  पोखराकी ईश्वरी पौडेलले  धेरै ज्योतिषिसंग जाँदा समेत चित्त वुभ्दो जवाफ नपाएको भन्दै  लामिछानेको शैली, ज्ञान र प्रस्तुतीले आफु प्रभावित भएको बताईन  ।पोखरा पोष्ट डटकम परिवार   लामिछानेको अष्ट्रेलिया भ्रमण र बसाँइ   सुखद र उपलब्धिमुलक होस् भन्ने  कामना गर्दछ ।