तिमी एक रात हराउदा,पुरै उज्यालो हराए पछि,

0
974

टीएन भट्ट विस्वामित्र

तिमी हरायौ भने

तिमी एक रात हराउदा,
पुरै उज्यालो हराए पछि,
मैले चन्द्रमाको पुजा गर्न थालेको हुँ
तिमी फगत एकदिन हराउदा,
मेरो पुरै दिन हराए पछि,
मैले सुर्यको आराधना सुरु गरेको हुँ,
तिमी एक बिहान हराउदा,
हिमाल,पहाड र तराई हराए पछि,
मैले नक्शामा देश चिनेको हुँ
भन त प्रिय
भोली चन्द्रमा हरायो भने,
सूर्य हरायो भने,
देश हरायो भने,
वा,
तिमी नै हरायौ भने
म स्यमले आफुलाई कसरी भेटुला र?