ने.वि. संघ पोखरा महानगरपालिकाद्वारा फुट्सल कप सम्पन्न
नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा आयोजना गरिएको प्रथम वि.पि. स्मृति खुल्ला फुट्सल कप पोखरा ७ मा अवस्थित फरेस्ट स्पोर्टस एरिनामा सम्पन्न भएको छ । १६ टिम को सहभागिता भएको खेलमा फाइनल खेल फ्रेस इलिमिन्टस र मिलन टोल बीच सम्पन्न भएको थियो भने मिलन टोलको ३ गोल र फ्रेस इलिमेन्टसको १ गोल हुँदा मिलन टोल […]
पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य […]
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
पोखरा ।एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र […]
पोखरा म्याराथनलाई च्यारिटी रकम हस्तान्तरण
पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको छ । तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन भने ब्रिटिश ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो । […]
चौथो टाइगर कपको सम्पूर्ण तयारी पुरा,आज हुने उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने
पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत […]
बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाजको साथ
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ । आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ […]
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पौष २६ गते देखि २८ गते सम्म
हेमजा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप २०८० पौष २६ गते देखि २८ गते सम्म आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छ्रेकोे व्यवस्थापनमा माछापुच्छ्रे–३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने […]
आठौं पर्वतीय महोत्वस मंसिर २२ गतेदेखि २६ गतेसम्म मनाइने
पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ […]
एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबलको फाइनलमा
पोखरा । एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा कार्तिक १९ गते देखि जारी फुटबल प्रतियोगितामा एलजी एसोसिएसनले शितल ज्योती युवा क्लबमाथी ४–१ गोल अन्तरको सहज जित हासिल गर्दै फाइनलको यात्रा […]
खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन हुन्नः मन्त्री सिंखडा
पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु […]