सरकारका मुख्य प्राथमिकता सडक सञ्जाल र रेलमार्ग : मन्त्री महासेठ

१८ माघ २०७५, शुक्रबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले अबको ४ वर्ष सरकार नेपालमा मुख्य सडक कालोपत्रे र पूर्वपश्चिम रेलमार्गको बिस्तारमा केन्द्रित हुने बताउनु भएको छ । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री महासेठले प्रधानमन्त्रीकोे ‘संमृद्ध नेपाल र सुखी नेपाली’को सपना पूरा गर्न पूर्वाधार विकास, बाटो, रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनु […]

गाउँको पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

११ माघ २०७५, शुक्रबार

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले बागलुङ काठे खोला गाउँपालिका–४ र ५ का दुई गाउँको पर्यटन प्रवद्र्धन शुरु गरेको छ । पर्याप्त सम्भावना रहेर पनि पर्यटकीय विकासका दृष्टिले अपेक्षित विकास हुन नसकेको हुँदा मञ्चले गाउँका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोड्दै घरवास कार्यक्रमको विकास गर्ने लक्ष्यका साथ प्रवद्र्धन गर्न लागेको हो । भिटोफ गण्डकी प्रदेश संस्थापक अध्यक्ष […]

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

११ माघ २०७५, शुक्रबार

    काठमाडौँ, यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट […]

रारा तालको प्रवद्र्धन गर्न पूर्वाधार निर्माण जरुरी

९ माघ २०७५, बुधबार

कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्ने अभियान अन्तर्गत अहिले यहाँ नियमित सरसफाइ, जाँच, गस्ती, वन पैदावारको संरक्षण जस्ता कार्यक्रमहरु शुरु गरिएका छन् । पछिल्लो समय यो ताल अवलोकन गर्न चाहने आन्तरिक पर्यटकको ओइरो लाग्न […]

बिज्ञ भन्छन् पर्यटक हुने हो भने दैनिक वोट चलाउन सक्छौ

७ माघ २०७५, सोमबार

सीता डोटेल पाल्पा रामपुर  कालीगण्डकी नदीको तल्लो क्षेत्र पाल्पा, स्याङ्गजा, तनहुँ नवलपुर क्षेत्रमा नियमित ¥याफ्टिङ्ग सञ्चालनका लागि आइतबार सफल परिक्षण गरिएको छ । रामपुर नगरपालिका सहित कालीगण्डकी उपत्यका क्षेत्रका स्थानीय तह, लामो समयदेखि गण्डकीबेशीको समग्र विकासमा लाग्ने अभियान्ताको पहलमा नेपालका विभिन्न नदीमा लामो समयदेखि ¥याफ्टिङ चलाउदै आएका गाइडरहरुले गरेको परिक्षण सफल भएको छ । नदीको […]

खेलकुदमा सुदुर पश्चिमलाई अग्रणी बनाउन सरकार लागेको : मन्त्री पठानसिह बोहरा

३ माघ २०७५, बिहीबार

दीपेन्द्र बस्नेत/ किशोर तामाङ पुनर्वास,खेलकुद क्षेत्रमै सुदुर पश्चिमलाई  अग्रणी बनाउन प्रदेश सरकार लागि परेको सुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री पठान सिह बोहराले बिहीवार बताएका छन् । पुनर्वास नगरपालिका द्वारा आयोजना गरिएको प्रथम नगरस्तरीय एवं एघारौं राष्ट्रपति रनिङ प्रतियोगिताको उद्घाटन गर्न पुनर्वासको क गाउँमा पुगेका मन्त्री बोहराले भने- खेल राष्ट्रको सम्पत्ति हो खेलाडी […]

समृद्ध नेपालको प्रमुख आधार पर्यटन :उपराष्ट्रपति

२ माघ २०७५, बुधबार

    कास्की, उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताउनुभयो । “नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको […]

पोखरा रङ्गशालालाई बहुद्देश्यीयरुपमा विकास गरिने

१ माघ २०७५, मंगलवार

    पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रङ्गशालालाई बहुउद्देश्यीय रङ्गशालाका रुपमा विकास गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद्को आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा आजदेखि यहाँ आयोजित दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दीर्घकालीन सोचका साथ संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले […]

पर्यटन मेला शुरु

३० पुष २०७५, सोमबार

  बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो । स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको […]

रुपा मेला २०७५ आजदेखि शुरु

२९ पुष २०७५, आईतवार

रुपा मेला २०७५ आजदेखि शुरु भएको छ ।मेलाको  प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले  उद्घाटन गरे ।  गाउँपर्यटनको बिकासमा  मेलाले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई थियो ।रुपाको बृहत पर्यटन बिकासका लागि ध्रुब्र तारा क्लबले हरेक बर्ष देखि गर्दै आएको मेला यस बर्ष पौष २९ देखि माघ १ गते सम्म सन्चालन हुँदैछ। मेलाको पहिलो दिन झाकी प्रर्दशनी […]