मिस ई–कलेज काजल तामाङ (मोडल फोटोफिचर)

0

काजल तामाङ सिजन मिडियाले हरेक वर्ष आयोजना गर्ने मिस ई–कलेजको सन् २०१७ को संस्करणको विजेता हुन् ।

धरानकी स्थायी वासिन्दा रहेकी उनी ब्रिटिस कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । हाल उनी बानेश्वरमा बस्दै आएकी छिन् ।

उनले विधागत तर्फको ‘मिस पर्सनालीटी’को टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् ।

उपाधिसँगै उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङ्कक भ्रमण, लेट्मीइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फबाट ३५ हजारको छात्रावृति प्राप्त गरिन् ।

उक्त प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन् भने आस्मी गौतम सेकेण्ड रनरअप भइन् ।

तीज पहिरनमा पूर्व मिस नेपाल उषा खड्गी (फोटो)

0

काठमाडौँ । आज हरितालिका तीज । नेपाली महिलाहरुका लागि विशेष पर्व ।

तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् ।

यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

यही पर्वको अवसरमा पूर्व मिस नेपाल उषा खड्गीसँग विशेष फोटो सुट गरिएको छ ।

तस्बिर : प्रदीपराज वन्त

मेकअप : शान्ति लिम्वु

लोकेशन : लेट मि इन, वानेश्वर

साफ च्याम्पियनसिपः नेपालको भेट माल्दिभ्ससँग

0

काठमाडौँ– बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।  गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७।४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ ।

सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो ।

माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिकेको छ ।

यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै सेरेनालाई १९ लाख जरिवाना

0

अमेरिकी टेनिस असोसिएशनले सेरेना विलियम्समाथि यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै १७ हजार डलर (१९ लाख रुपैयाँ) को जरिवाना तोकेको छ । सेरेना फाइनलमा जापानको नाओमी ओसाकासँग हारेकी थिइन् ।

असोसिएशनले सेरेनालाई तीन मुद्दामा जरिवाना लगाएको छ । यसमा खेलको क्रममा कोचिङ लिएका कारण चार हजार डलर, र्याकेट फ्याँकेकोमा तीन हजार डलर र चेयर अम्पायरसँग दुर्व्यवहार गरेकाले १० हजार डलर जरिवाना तोकिएको छ ।

ओसाकाले खेलको पहिलो सेट निकै सजिलै जितेकी थिइन् । दोस्रो सेटमा सेरेना उत्कृष्ट प्रदर्शनका लागि कोसिस गरिरहिन् । यो क्रममा उनका कोचले टिप्स दिनका लागि केही इशारा गरे । म्याचको क्रममा चेयर अम्पायरले एक गेमको जरिवाना लगाए । कोचको इशारालाई अम्पायरले नियमको उल्लंघन माने । अम्पायर कार्लोस रामोसको निर्णयपछि सेरेनाले रिसमा आफ्नो र्याकेट फ्याँकिदिइन् । त्यसपछि उनलाई चोर भन्दै गाली गरिन् ।

सेरेनाले जरिवाना लगाइनु ठिक नभएको बताएकी थिइन् । उनले भनिन्, ‘उनले बेइमानी गरेका थिएनन् । अम्पायरले उनीमाथि लैंगिक भेदभाव गरे । एक खेलको जरिवाना लगाइनु ठिक होइन । पुरुषको प्रतिस्पर्धामा यदि यस्तै भएको भए अम्पायरले जरिवाना लगाउँदैनथे ।