कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको  हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेका विरेन्द्र बहादुर केसीले फेरि काममा फकिएएको घोषणा गरेका हुन् ।

समितिबाट राजीनामा दिएको तीन दिन नवित्दै उनी पुन काममा फर्केका हुन् ।  उनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फेरि काममा फर्केको घोषणा गरे ।

केसीले यसअघि छानविन समितिको म्याद थप तथा छानविनका क्रममा आफूमाथि विभिन्न धम्की आएको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

तर, तिनै केसीले बुधबार गृहमन्त्रालय र उच्चस्तरीय छानविन समितिका संयोजकसँगको छलफलपछि मन्त्रालय र आफ्नो समेत बास्तविक दोषी पत्ता लगाई  कारवाहीको दायरामा ल्याउने उद्देश्यमा एकमत भएकाले काममा फर्किएको बताएका छन् ।

समितिको थप भएको अवधिमा छानविन कार्यमा फेरि संलग्न भई निश्पक्ष छानविन गर्नसके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्केको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग २ घण्टा लामो छलफल भएको र सो क्रममा  अाफ्नाे सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको बताए ।

तपाईँलाई कहाँबाट धम्की आएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले  भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको दाबी गरे । उनले भने, ‘भदौ १५ गते मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’ त्यसपछि आफ्नो हत्याको योजना बनेको बुझेर समितिबाट अलग भएको उनको प्रष्टिकरण थियो ।

अनुसन्धानको दायर फराकिलो बनाउनुपर्छ भन्नेमा गृहमन्त्री रहेको भन्दै अब वास्तविक हत्यारा पत्ता लाग्ने पनि विश्वास व्यक्त गरे ।

Comments

pokhara
Reply
September 13, 2018

समितिबाट राजीनामा दिएको तीन दिन नवित्दै उनी पुन काममा फर्केका हुन् ।

Leave a Reply