तीन नयाँ आइफोन लञ्च, दुईमा डुअल सिमको विशेषताः नयाँ एप्पल वाचले ३० सेकेन्डमा मुटुको इसिजी गर्न सक्ने

२८ भाद्र २०७५, बिहीबार

एप्पलले बुधबार आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस  र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो आइफोन अक्सआर ले  एउटा सिममात्र सपोर्ट गर्नेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ । यसमा ३० सेकेन्डभित्र इसिजी गर्न सकिन्छ । संसारको १६ देशमा १४ सेप्टेम्बरदेखि एप्पल वाचको बिक्री सुरु हुनेछ । यस्तै, तीन नयाँ आइफोन भने सेप्टेम्बर २८ तारिखदेखि २१ देशमा उपलब्ध हुनेछ ।

संसारमा दुई अर्ब आइओएस  डिभाइसः

एप्पलका सिइओ टिम कुकले कार्यक्रमको कि–नोटको सुरुवात गरे । उनका अनुसार यतिबेला संसारमा दुई अर्ब आइओएस डिभाइस छ, जसले जीवनशैली परिवर्तन गरेको छ । उनले फायर, वाटर र वेपर फेस डिस्प्लेसहित एप्पत वाचका तीन भेरियन्ट पेश गरे । वाचको डिजिटल क्राउनलाई पूर्ण रुपमा पुनः डिजाइन गरिएको छ । स्पिकर पहिलेको भन्दा ५० प्रतिशत लाउड बनाइएको छ ता कि फोन कलमा पनि राम्रो आवाज सुनियोस् ।

मुटुको गतीसँगै एप्पल वाचमार्फत इसिजी पनि गर्न सकिनेः

नयाँ एप्पल वाच लगाउनेहरुको चाल पनि डिटेक्ट गर्नेछ । इमर्जेन्सी वा दुर्घटना हुँदा यसले आफन्तलाई आफै एसओएस मेसेज पठाउनेछ । सिरिज–थ्रीको तुलनामा यसमा ३५ प्रतिशत ठूलो डिस्प्ले दिइएको छ र यसको क्षमतामा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक वाचमा मुटुको गती मापन गर्नुका साथै इसिजीको विशेषता पनि दिइएको छ । यसको मद्दतले जता पनि ३० सेकेन्डभित्र मुटुको इसिजी लिन सकिने जसलाई एपमा देख्न सकिनेछ ।

विश्वको नम्बर वान स्मार्टफोन हो आइफोनः

एप्पल वाचपछि टिम कुकले आइफोन एक्सएस  र एक्सएस म्याक्स सार्वजनिक गरे । उनले आइफोन विश्वकै नम्बर वान स्मार्टफोन बताए । उनका अनुसार आइफोनका प्रयोगकर्ता ९८ प्रतिशत सन्तुष्ट छन् । कुकले आइफोन एक्स (10S) लाई अहिलेसम्मको सबैभन्दा सुन्दर आइफोन बताए । यो ५.८ इन्चको रेटिना डिस्प्लेसहित गोल्ड, सिल्भर र कालो रङमा उपलब्ध छ । यसको ग्लास सबै स्मार्टफोनमा सबैभन्दा टिकाउ हुने उनले बताएका छन् ।

एक्सएस म्याक्स पी सबैभन्दा ठूलो आइफोनः

एप्पलका सिइओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएकमो अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो । यो कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आइडी डिटेक्शन हुनेछ । यी दुई नयाँ आइफोन न्यूरल इन्जिन, फोर–कोर जिपियु र सिक्स–कोर सिपियु प्रविधीमा आधारित हुनेछ जसका कारण यी पहिलेको भन्दा निकै तेज हुनेछन् र कम इनर्जीमा नै चल्नेछन् । यी दुई फोन ५ ट्रिलियन अपरेशन प्रति सेकेन्ड हुने दाबी गरिएको छ । यसमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ अर्थात् यसमा दुई लाख फोटो सेभ गर्न सकिनेछ ।

होम बटन बिनाको आइफोन एक्सआर : 

एप्पलले तेस्रो नयाँ फोन आइफोन एक्सआर पनि लञ्च गर्यो ।  यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो धुलो र पानीबाट सुरक्षित हुनेछ । यसमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर दिइएको छ । यसमा सिंगल रियर क्यामरा दिइएको छ । यसमा एडभान्स Bokeh टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्रि लाइफ डेढ घण्टा बढी हुनेछ ।

यस्तो छ मूल्यः

एप्पलले आइफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर, आइफोन एक्सएसको ९९९ डलर र आइफोन एक्सआरको ७४९ डलर तोकेको छ । यस्तै, एप्पलले आइफोन सेभेन र आइफोन एट को मूल्य घटाएको छ । यसको नयाँ मूल्य क्रमशः ४४९ डलर र ५५९ डलर तोकेको छ ।

तीन नयाँ आइफोनको स्पेसिफिकेशनः

Leave a Reply