५ लाखसम्म छुट, ४ करोडसम्म मूल्य : यस्ता छन् नाडा अटो शोमा गाडीहरु

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । तपाईं गाडी वा मोटरसाइकल खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने राजधानीको भृकुटीमण्डपमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीको महामेला आजबाट (मंगलबार) शुरु भएको छ ।  १३ औ संस्करणको नाडा अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । सबै प्रकारका सवारी साधन र अटोसम्बन्धी पार्टपुर्जाहरु एकै छानामुनि पाइने र विशेष छुटसहित बुकिङ गर्न सकिने व्यवस्था मेलामा छ ।

मेलामा हिरो, टाटा, स्कोडा, फोर्ड, ड्याट्सन, स्याङयोङ, हुण्डाइ लगायतका कम्पनीको गाडीको स्टलमा निकै भिड देखिएको छ । उद्घाटनकै समयमा गाडी खरिद गर्न चाहनेहरुको भिड लागेको छ ।

हामीले हरेक स्टलमा गएर कुन कम्पनीको चारपाङ्ग्रे सवारीको मूल्य कतिदेखि कतिसम्म (न्युनतम र अधिकतम) निर्धारण गरिएको छ भनेर बुझ्न खोज्यौ । कतिपय स्टलमा ५ लाखसम्मका छुट दिइएको देखिन्छ कसैले २ लाख त कसैले फाइनान्सिङ सुविधामा सहुलियत दिएको देखियो । ६ दिनसम्म चल्ने यो शो मा ६० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ । नाडा अटो शोमा सबै ब्राण्डले स्थान भने पाएका छै्रनन् । आयोजक ठाउँ अभावका कारण त्यसो भएको दाबी गर्छ ।

गत आर्थिक वर्षमा सवारीसाधनको आयात १.४९ प्रतिशतले खुम्चिएको थियो । यसबर्ष सरकारले सवारी साधनमा  इन्जिन क्षमता अनुसार करको बृद्धि गरेको छ । यद्यपि, सवारी आयातमा बृद्धि हुने सवारी साधन व्यवसायीहरुको अपेक्षा छ ।

Leave a Reply