‘छक्का पञ्जा ३’को यस्तो छ नयाँ गीत ‘उमेर ढल्किन्छ… ’

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’को नयाँ गीतसार्वजनिक भएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ लगायतको अभिनय देख्न सकिने गीत नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको छ ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र दिपकराज गिरीले लेखेका हुन । गीतमा महाराज थापाले संगीत संयोजन, कबिराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन र बिपिन मल्लको सम्पादन रहेको छ ।

प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउतले अतिथी भुमिका निर्बाह गरेको चलचित्रको यस अगाडि सार्वजनिक ‘पहिलो नम्बरमा ’बोलको गीतले छोटो समयमै करोड बढी दर्शक पाइसकेको छ ।

दिपकराज गिरीको कथा र पटकथा रहेको चलचित्रको सम्बाद दिपकका साथै, जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले लेखेका हुन । दशैमा प्रदर्शन हुने भनिए पनि अहिले सम्म चलचित्रको रिलिज डेट तोकिएको छैन ।

सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केदार घिमिरे, जितु नेपालका साथै दिपक राज गिरी र दिपाश्री निरौलाले मिलेर चलचित्र बनाएका हुन् ।

Leave a Reply