‘विवाह नामको संस्थामा समाजले महिलाहरुलाई कमजोर बनाएको छ’

२८ भाद्र २०७५, बिहीबार

एजेन्सी । भारतीय अभिनेत्री कल्की कोचलिनको विचारमा समाजले ‘विवाह’ नामको संस्थालाई यसरी बनाएको छ कि यसमा महिलालाई कमजोर रुपमा हेरिन्छ ।

कल्कीले शैली चोपडा तथा मेघना पन्तद्वारा लिखित किताब ‘फेमनिस्ट रानी’को विमोचन समारोहमा बोल्ने क्रममा यी कुरा बताएकी हुन् । उनले विवाहबारे थप बोल्दै एक महिलाको लागि विवाहलाई लिएर रहेको ‘सबैभन्दा ठूलो समस्या’ भनेको योसँग जोडिएर आउने ‘स्वामित्व’को विचार हो भनिन् ।

कल्की र अर्का फिल्मकर्मी अनुराग कश्यपले सन् २०११ मा विवाह गरेका थिए तर, दुई वर्ष पछि दुई अलग भएका थिए र सन् २०१५ मा दुईको सम्बन्धविच्छेद भयो ।

उनका अनुसार विवाहपछि उनलाई तब मात्र कतै आमन्त्रित गरिन्थो जब अनुरागलाई आमन्त्रित गरिन्थ्यो । मानिसहरु उनलाई ‘अनुरागको पत्नी’ भन्थे तर अनुरागलाई कहिल्यै पनि ‘कल्कीको पति’ भन्दैनथे ।

त्यही कारण विवाह नामको संस्थाले महिला कमजोर बनाउने बताइन् । यहाँसम्म कि पतिले चाहँदा पनि ऊ कमजोर नै महिला रहन्छिन् ।

उनले समाजले यो संस्थालाई यही हिसाबमा नै बनाएको जिकिर गरिन् ।

कल्कीले कुनै पनि सम्बन्धलाई सफल बनाउन इमान्दारीता र स्वतन्त्रता आवश्यक हुने बताइन् ।

कल्कीले सम्बोधनको क्रममा सम्बन्धविच्छेद पछि आफू कुन प्रक्रियाबाट गुज्रेको पनि खुलाइन् ।

उनले भनिन्, “मैले आफैलाई लामो समयसम्म एक्ली पाए । मलाई जसरी पनि त्यो खालीपन भर्नु थियो । म आफूभित्रको खालिपनलाई कुनै प्रकारको पागलपनबाट वा रक्सी सेवनबाट वा हरेक समय मानिसहरुबाट घेरिएर भर्न चाहन्न थिएँ । मैले आफैलाई भर्नको लागि अन्तरमुखी बाटो चुने र घरमा रहनुको साथै परिवारका सदस्यहरुसँग बढी समय बिताउन थालेँ । अहिले सम्झिदाँ म त्यो खालको यात्राबाट गुज्रिएकोमा खुसी छु ।’

कार्यक्रमको दौराना कल्कीले आफ्नो फिल्मी करिअर र फेमिनिज्मबारे पनि कुरा गरिन् । उनले सबै मानिसहरु समान भएको र एकअर्कोलाई सम्मान गर्नु पर्ने बताइन् ।

उनले भनिन्, “हामी एक पितृसत्तात्मक समाजमा छौँ । यही कारण ‘फेमिनिज्म’ शब्दलाई पितृसत्ताको विरुद्ध प्रयोग गरिन्छ तर फेमिनिज्मको मतलब बराबर हुनुसँग रहेको छ । मलाई ‘समानतावादी’ शब्द प्रयोग हुनुपर्छ लाग्छ किनकी यस सबै मानिसहरुलाई बराबार भएको र एकअर्कोको लागि सम्मान गर्ने कुरा गर्छ ।”

मार्गरिटा अफ अ स्ट्र, द्याट गर्ल इन यल्लो बुट्स र वेटिंगजस्ता फिल्महरुमा गैर–परम्परिक भूमिका निभाउने यी अभिनेत्रीले आफ्नो गैर–परम्परागत भूमिकाको रोजाईले आफूले सिनेमा र वास्तविक जीवनमा कुनै ठूलो मुल्य चुकाउन नपरेको बताइन् ।

Leave a Reply