काठमाडौं– नेपाल र माल्दिभ्सबीचको खेल मौसममा आएको खराबीका कारण अवरुद्ध भएको छ । खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको हो । २७ औं मिनेटका खेल चलिरहँदा खेल अवरुद्ध हुन पुगेकाे हाे ।
खेल अवरुद्ध हुनअघिसम्म नेपाल १–० गोलले पछाडि परेको छ ।
माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले खेलको नऔं मिनेटमा गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका हुन् ।
आजको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।