अवरुद्ध नेपाल र माल्दिभ्सबीचको फेरि सुरु

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– नेपाल र माल्दिभ्सबीचको रोकिएको खेल फेरि सुरु भएको छ ।

साफ च्याम्पिसनशिप खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको थियो ।

तर अहिले मेघ गर्जन र वर्षा रोकिएसँगै खेल पुनः सुरु भएको हो ।

२७ औं मिनेटको खेल चलिरहँदा मेघगर्जनसहित वर्षा हुन थालेको थियो । खेल करीब अाधा घण्टा राेकिन पुगेकाे थियाे

वर्षाअघि नेपाल १–० गोलले पछाडि रहेको थियो ।

माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले खेलको नऔं मिनेटमा गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका हुन् ।

अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।

नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।

साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।

Leave a Reply