स्वीट साम्राज्ञी (फोटोफिचर)

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – डेब्यु चलचित्रबाट चर्चा र सफलता दुवै हात पार्ने कमै सेलिब्रेटी छन् नेपाली चलचित्र नगरीमा । यो मामिलामा भाग्यमानी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । साम्राज्ञीले पहिलो चलचित्र ‘ड्रिम्स’बाटै सफलता र चर्चा दुबै पाउन सफल भइन् । यहीँबाट उनी चलचित्र क्षेत्रमा स्थापित समेत भइन् ।

डेब्यु चलचित्रले उनलाई सम्भावना बोकेको नायिकाको रुपमा मात्र उभ्याएन, अफरको ओहिरो पनि दिलायो । अलि चुजी स्वभावकी उनले दर्जन चलचित्र अफर मध्ये ‘तिमीसँग’ रोजिन् । जुन चलचित्र आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

हुन त साम्राज्ञीको ‘तिमीसँग’को अभिनय हिसाबले दोस्रो चलचित्र हो । यो चलचित्र रिलिजमा केही ढिलाई भएका कारण रिलिजमा आउँदा भने तेस्रो भएको छ । ‘ड्रिम्स’ पछि साम्राज्ञीको परिलिजमा ‘एम मेरो हजुर २’ आएको थियो । यो चलचित्रम मार्फत पनि उनले अभिनयमा राम्रो छाप छोड्न सफल भइन् ।

यो चलचित्रको काम र स्टारक्रेज देखेर उनलाई अहिले चलचित्रमा लिनको लागि चलचित्रका निर्माता तँछाड मछाड गर्न थालेका छन् । तर दुई चलचित्र ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डन’ले भने उनलाई लिन सफल भएका छन् । यस चलचित्रको उनले सुटिङ सकाइ सकेकी छन् ।

राम्रै घरानाबाट चलचित्रमा भित्रिएकी उनको लवज, लवाइखुवाई र अन्य क्रियाकलापले उनी गम्भिर प्रक्रितिको भएको धेरैले अनुमान लगाए । उनी पनि अघिल्ला दुई चलचित्र निर्माण र प्रदर्शनमा समेत मिडियासँग खासै खुलिनन् । तर अहिले भने उनी मिडियासँग खुल्ने मात्र होइन भेटघाट समेत बाक्लो बनाइरहेकी छन् ।

उनी अहिले मिडियासँग उठबस त्यसै गरेकी होइनन् । उनको अभिनय रहेको चलचित्र ‘मितीसँग’ प्रचारका लागि उनले मिडियासँग उठबस चलाएकी हुन् । चलचत्रिको बिषयमा उनी भन्छिन् ‘व्यक्तिगत रूपमा आफैँलाई असाध्यै मन परेको चलचित्र हो ।  तिमीसँग लाग्छ, यस चलचित्रले पक्कै सफलता हासिल गर्छ ।’

पारिश्रमिक १० लाख नेपाली नायिकाहरु मध्ये सर्वाधिक पारिश्रमिक लिने नायिका हुन् साम्राज्ञी । उनले चलचित्र ‘कायरा’का लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

शिशिर राणा निर्देशीत यो चलचित्र प्रचारको क्रममा भेटिएकी साम्रज्ञीलाई रातोपाटीले पनि आफ्नो क्यामरा समेत कैद गर्ने मौका पाएको थियो । सोकी समय खिचिएका साम्राज्ञीका केही तस्बिर यस्ता छन् ।

Leave a Reply