पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

२८ भाद्र २०७५, बिहीबार

भ्याटिकन सिटी । पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा बुधबार गरेका छन् ।

झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उनले सन् २०१९ मा जापानको भ्रमण गर्ने भएका हुन् ।

‘मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,’ भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँगको भेटमा उनले भने । उनले आफ्नो यो चाहना पूरा हुने विश्वास पनि व्यक्त गरेका छन् ।

जापानी युवाहरुको सो टोलीले युवा र अनाथका लागि प्रशिक्षण कोष बनाउन सहयोग गर्न फ्रन्सीस जापान जान लागेका बताइएको छ ।

उनले भने, ‘तपाईहरु धर्म, संस्कृति र अर्थतन्त्रका लागि सँगसँगै मिलेर काम गर्न सक्नुहुन्छ, त्यो विश्वव्यापी रुपमा मानवताका लागि शान्तिपूर्ण रुपमा हुनुपर्दछ ।’

फ्रान्सीसले यसअघि फिलिपिन्स, सन् २०१४ मा श्रीलङ्का र त्यसपछि म्यान्मा तथा बङ्लादेशको भ्रमण गरेका थिए । जापानमा भने यसअघि पोप जोन पावल द्वितीयले सन् १९८१ मा भ्रमण गरेका थिए ।

Leave a Reply