रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास सुरु

0
878

चिता– रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।  लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् ।  अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् ।

रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने भएका छन् ।

रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् ।

रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृष्यलाई सार्वजनिक गरेका थिए ।  यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अवसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा ाराष्ट्रपति पुटिनले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,’ रूसी राष्ट्रपतिले भने ।  उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताएका छन् ।
मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ ।

सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले यूक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् ।

रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत सङ्घले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ ९वेस्ट–८१० को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ ।  रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए ।  राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको बार्षिक अभ्यास भएको मङ्गलबार बताएका छन् ।

यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने बार्षिक कार्यक्रम मात्रै हुन्, पेस्कोभले सञ्चारकर्मीसँग बताए ।  पेस्कोभले यस पहिले रूसले अन्तराष्ट्रिय अवस्थालाई मध्यनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दावी गरेका थिए ।–एएफपी