मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह

४ आश्विन २०७५, बिहीबार

रामचन्द्र रायमाझी पाल्पा, असोज ४
नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । तानसेन नगरपालिका वडा ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडांै महानगरपालिका वडा ३ बस्ने २८ बर्षिय उप्पलवणा शाक्य बीच जिल्ला अदालत पाल्पामा विवाह भएको छ । जिल्ला अदालत पाल्पाका जिल्ला न्याधिस शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा नयाँ मुलुकी संहित २०७४ दफा ७७ अनुसार अदालती विवाह भएको हो । जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ । यस यस अघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हँुदै आएको काम नयाँ संहिता लागु भएसँगै जिम्मेवारी अदालतमा गएको हो । नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए ।

Leave a Reply