एशिया कप भारतसँग नेपाल पराजित

१४ आश्विन २०७५, आईतवार

काठमाडाँै, १४ असोज । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १७१ रनले हारेको हो ।

बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो । नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र बनाउन सक्यो । भारतका लागि यशभी जयसवालले एक सय ४ रन, सिमरन सिंहले ८२, आयुश बदोनीले ३३ तथा देवदत्त पादीक्कलले ३० रन बनाए । बलिङतर्फ नेपालका लागि भीम सार्कीले चार तथा  रशिद खानले दुई विकेट लिए ।

 

ब्याटिङतर्फ नेपालका लागि कप्तान मोहमद आशिफ  शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २० र रवीन्द्र शाहीले १६ र रवि साहले ११ रन बनाए । बलिङतर्फ भारतका सिद्धार्थ देसाई र हर्ष त्यागीले तीन÷तीन विकेट लिए

नेपालले अब दोस्रो खेल यही असोज १५ गते अफगानिस्तानसँग तथा १६ गते युनाइटेड अरब इमिरेटस् (युएइ)सँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

Leave a Reply