उपचार नगर्ने डाक्टर पंडितको बर्खास्तीको माग राख्दै तालाबन्दी

२९ आश्विन २०७५, सोमबार

दीपेन्द्र बस्नेत ,बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरले बिरामीको उपचारमा देखाएको हेलचक्र्याईमा असन्तुष्टि जनाउँदै डाक्टरको कार्यकक्षमा काँग्रेसद्वारा गरिएको तालाबन्दीसंगै पूर्व सांसद दिवानसिह बिष्टबिरुद्ध जारी गरिएको विज्ञप्तिको निन्दा गर्दै नेपाली काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेको छ ।
शुक्रबार हृदयघातको समस्याका कारण उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी बेलौरी नगरपालिका ६ कि चन्द्रा थापाको उपचारमा कनिष्ठ स्वास्थ्यकर्मीलाई खटाउँदै डाक्टर अमित पंडित निजी मेडिकलतर्फ लागेपछि विवाद देखिएको थियो ।
दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचारमा लापरबाही गरेको सम्बन्धमा बादबिवाद भएपछि स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन ढकालले विज्ञप्ति निकाल्दै पुर्व सांसद बिष्टलाई बदनाम गराउन दुष्प्रचार गरिएको भन्दै नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिद्वारा प्रकाशित विज्ञप्तिको आलोचना गरेको छ ।
पीडाका कारण शैयामा छट्पटाई रहेका बिरामीको उपचारमा लाग्न आग्रह गर्दा समेत डाक्टरले बेवास्ता गरेपछि भएको वादबिवादलाई अतिरंजित गर्दै पूर्व सांसद बिष्टलाई बदनाम गराउन गरिएको षड्यन्त्रको कञ्चनपुर क्षेत्रनम्बर १ का काँग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव विश्राम रानाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत आपत्ति जनाइएको छ ।
स्वास्थ्य केन्द्रमा निःशुल्क बितरण गरिने औषधिसमेत बाहिरबाट किन्न लाउने, स्वास्थ्य केन्द्रमा उपलब्ध प्याथोलोजी सेवासमेत निजी प्रयोगशालाबाट गराउने, सर्पदंशको उपचार नगर्ने लगायतका डाक्टर पंडितले गर्दै आएको नेपाली काँग्रेसको कञ्चनपुर क्षेत्र नम्बर १ ले विज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।
बिरामीको उपचारमा चरम लापरबाही गर्ने डाक्टर अमित पंडितको बर्खास्तीको माग राख्दै स्वास्थ्य केन्द्रको प्रशासन कक्षमा शुक्रबारनै काँग्रेसले तालाबन्दी गरेको छ ।
स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिले स्वास्थ्य संस्थाबाट हुँदै आएका कमजोरी सच्याउन डाक्टर पन्डितको बर्खास्ती र कपोकल्पित भ्रामक प्रचार गर्ने अध्यक्षलाई कार्वाही तथा रीत नपुगाई स्वास्थ्य संस्थामा भर्ना गरिएका कर्मचारी खारेजी नगरे कडा आन्दोलन गरिने नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply