लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटी को शुभकामना आदान प्रदान कार्यक्रम

२९ आश्विन २०७५, सोमबार

 

पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले नेपालीहरुको महान पर्ब बिजया दशमी,शुभ दिपावली,नेपाल सम्बत् एबं छठको  को  अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका संस्थापक अध्यक्ष,पदाधिकारी र सदस्यहरुबिच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा  क्लबका अध्यक्ष लायन निर्मला आचार्य ले हामी सेवा गछौ भन्ने मुल मन्त्रलाइ आत्मसाथ गर्दे काम गर्न क्लबमा आबद्ध लायन सदस्यहरुलाइ आग्रह गर्नभयो ।उहाँले  क्लबले  सम्पन्न गरेका कार्यक्रमहरुको बिषयमा समेत जानकारी गराउनु भएको थियो । क्लबका संस्थापक अध्यक्ष लायन सीता देबी बरालले  यस बर्ष क्लबले लिएको ,  दिएर बाँचौ नारालाइ सार्थक तुल्याउन बिभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको  बताउनुभयो ।यस अघि क्लबले दुर्गम गाँउमा बृहत  स्वास्थ्य शिबिर, अपाङ्गता भएका ब्यक्तिहरुका लागि सेतो छडी ,हिव्लचियर, बैशाखी लगाएतका सामाग्रीहरु बितरण गरिनुका  साथै  ,बृद्धआश्रममा सहयोग,बिद्यालय सहायता कार्यक्रम पनि संचालन गरिएको जनाकारी दिनुभयो ।
सन २०१५ मा स्थापना भएको  क्लबले आफ्ना सेवामुलक कार्यक्रम मार्फत स्थापनाको छोटो अबधिमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।  क्लबमा हाल  ३४ जना सदस्य आबद्ध रहेका छन ।

Leave a Reply