किशोरको शव फेला

२९ आश्विन २०७५, सोमबार

 

लहान,  सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ ।

घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो । बेवारिसे अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवपरीक्षणका लागि रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । स्थानीयवासीले किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशङ्का गरेका छन् ।

Leave a Reply