बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाए

३ कार्तिक २०७५, शनिबार

उर्लाबारी,  मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि  विजयादशमी मनाएका छन् ।

गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताउनुभयो ।
विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो ।
–––

Leave a Reply