सेतो घोडेजात्रा सम्पन्न

३ कार्तिक २०७५, शनिबार

 

साँस्कृतिक महोत्सवका रूपमा बडादशैँको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ । । जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिनुभयो ।जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

Leave a Reply