डलरको भाउ घट्यो

३ कार्तिक २०७५, शनिबार

 

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।
शुक्रबार १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा तोकेको थियो ।
केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ शनिबार ९८ पैसाले  घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगीने गर्छ  ।

Leave a Reply