आज बडादशैंको बाह्रौं दिन, आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी

४ कार्तिक २०७५, आईतवार

 

पोखरा, बडादशैँको आज बाह्रौ दिन तथा दशैंको टीकाको तेस्रो दिन आज आइतबार  पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ ।
आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ।
शुक्रबार विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन् ।
विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।
आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण पोखरामा गाडीको चहपहल केही बढेको छ ।

Leave a Reply