पोखरा अब खेल पर्यटनको ‘हब’मा विकास हुँदै

६ कार्तिक २०७५, मंगलवार

कुमार चौलागाई

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि “हब” बनाउने उद्देश्यसहित अर्को सातादेखि पोखरामा ‘पोखरा प्रिमियर लिग शुरु हुँदैछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।

“नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ गतेदेखि २० गतेसम्म आयोजना गर्दैछौं । हामी यसको अन्तिम तयारीमा छौं । प्रतियोगिता नजिक आइसकेकाले स्वभाविक रुपमा ब्यस्त नै छौं ।”–उहाँले भन्नुभयो ।

“मुम्बईबाट क्युरेटर मगाएकार चारवटा पिच निर्माण गरेका छौेँं । कीर्तिपुरबाट ग्राउण्ड स्टाफ लगेर आउटफिल्डको काम पनि अन्तिम चरणमा पु¥याएका छौं । दर्शकको लागि अस्थाई प्यारापिट निर्माणको काम पनि अन्तिम अवस्थामा पु¥याएका छौं । प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्स लगायत निर्माणको काम अन्तिम चरणमा पुगेको छ”– लामाले भन्नुभयो ।

पोखरा रङ्गशालाबाट माच्छापुच्छ«्रे र अन्नपूर्ण श्रृङ्खला मनमोहक देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वलाई नै पोखराको बारेमा राम्रो सन्देश दिनेछ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्छ आयोजकको विश्वास छ ।

क्रिकेट लिगले खेलाडीको व्यवसायिकता सँगसँगै पोखराको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्छ विश्वास लामाको छ ।

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । पिपीएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको लामाको भनाइ छ ।

यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यावसायिको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् ।

एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् ।

प्रतियोगितको विजेताले रु २५ लाख पाउनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन । प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेका छन् ।

Leave a Reply