सिफारिस कार्यान्वन नगर्नेको नालीबोली निकल्दै मानब अधिकार आयोग

६ कार्तिक २०७५, मंगलवार

काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएपछि आयोग स्वयंले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको सदस्य सुदीप पाठकले जानकारी दिनुभयो ।
मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही गर्न सिफारिस गर्ने तर कारवाहीको प्रक्रिया अघि बढ्न नसक्दा आयोग सिफारिसको अंग मात्रै भएको भन्ने जनगुनासो बढेपछि आयोगले आफ्नो अधिकार प्रयोग गरी सिफारिस कार्यान्वयन नगर्ने मन्त्रालय वा सम्बन्धित अधिकारीको नाम सार्वजनिक गर्ने तयारी गरेको सदस्य पाठकले बताउनुभयो  ।
सदस्य पाठकले सरकारले आयोगको अनुसन्धान चित्त नबुझे पुन अनुसन्धानका लागि सिफारिस गर्नुपर्ने बताउनुभयो ।
उहाँले पुनः अनुसन्धानका लागि पनि सिफारिस पनि नगर्ने र अनि दोषिमाथि कारवाही पनि अघि नबढाउने काम सरकारबाट हुनु दुखद भएको टिप्पणी गर्नुभयो ।
आयोगले स्थापनाको १८ बर्षमा मानवअधिकार उलंघनका विभिन्न घटनाको अनुसन्धान गरी सरकारलाई ८ सय ५३ बढी सिफारिस गरेको छ ।
सरकारले परिपूरण र क्षतिपूर्तिको सिफारिस कार्यान्वय गरेपछि एउटा पनि कारवाहीको प्रक्रिया अघि बढाएको छैन ।

Leave a Reply