शेयर बजार ः दोहोरो अङ्कले घट्यो

१२ कार्तिक २०७५, सोमबार

लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।
कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । हिजो पनि बजार १४ दशमलब ४३ बिन्दुले घटेको थियो ।
कूल १६० कम्पनीको नौ लाख ८७ हजार ३२१ कित्ता शेयर  २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ ।

Leave a Reply