नगरपालिकाले भत्कायो विद्यालय भवन
पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापर्बाही भएको पाइएको छ ।
भवन ढलानका क्रममा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाइ र ढलानमा लापर्बाही भएको जनाएको छ । भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको छ ।
भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, जग कमजोर भएको, तोकिएको मापदण्डअनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापर्बाही भएको भन्दै स्थानीयवासीले नगरपालिकामा गुनासो गरेका थिए ।
अनुगमनमा गएका प्राविधिक दीपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्डअनुसार छैन । “यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो”, थापाले भन्नुभयो, “कमजोरी ढलानमा पाएका छौँ ।” शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरूले प्राविधिकसँग सहकार्य गरेर काम गर्न भने पनि त्यसअनुसार काम नगर्दा भवन निर्माण त्रूटी भएको बताउनुसभयो । “भवनको पिल्लर र बिमसमेत बाङ्गिएको पाएपछि हामीले काम रोक्नुहोस् भनेका हौँ”, उहाँले भन्नुभयो, “तर साँझमा हतारहतार ढलान गर्नुभएछ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन ।”
तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतबाट भवन अनुदानअन्तर्गत रु ३६ लाखको लागतमा भवन निर्माण प्रारम्भ गरिएको थियो । निर्माणको ठेक्का तेह्रथुमका निर्माण व्यावसायी रामकुमार लिम्बूले लिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक खिमलाल गौतमका अनुसार भवन निर्माणका लागि आवश्यक कामदार र सबै सामग्री खरिद गर्ने गरी प्राप्त भएको कूल बजेट रु ३६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
निर्माणको जिम्मा लिएका लिम्बूले भने काम गर्ने क्रममा मिस्त्रीका कारण गल्ती भएको स्वीकार गरेका छन् । उहाँले सम्झौता भएको बजेटबाटै पुनः ढलान गरी तोकिएको मापदण्डअनुसार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कुश्माबजारका सडक फराकिलो बनाइँदै
कुश्मा नगरपालिकाभित्रका सडक न्यूनतम आठ मिटर फराकिलो बनाउन थालिएको छ । कुश्मा नगरपालिकाले सडक फराकिलो बनाउन आसपासका घरटहरा भत्काउन शुरु गरेको छ । नगरभित्रका सबै सडक न्यूनतम मापदण्डका बनाउने गरी सडकमा परेका संरचना भत्काउने काम थालिएको हो ।
गत वर्ष प्राविधिक लगतसहित सडक मापदण्ड कायम गरिएको थियो । त्यसअनुसार अहिले उपल्लो बजारको चाक्लेको डिलदेखि बडागाउँसम्मको सडक चौडा पार्ने काम भइरहेको कुश्मा नगरपालिका–५ का अध्यक्ष चित्रकला शर्माले जानकारी दिनुभयो । नगरपालिकाको न्यूनतम मापदण्डअनुसार रिङरोड बनाउने अभियान शुरु भएको हो । नगरप्रमुख रामचन्द्र जोशीका अनुसार अघिल्लो वर्षबाटै नगरको सडक न्यूनतम मापदण्डको बनाउने योजना रहेकोमा अहिलेदेखि काम शुरु भएको हो ।
पाँच दिनयता दुई डोजर परिचालन गरेर नगरपालिकाले चाक्लेको डिल, बौद्ध गुम्बा, उद्योग वाणिज्य सङ्घ, कल्लेरी जाने बाटो, मेलमिलापचोक र लभ्लीडाँडालगायतमा सडक मापदण्डभित्र परेका घरटहरा भत्काउन थालिएको हो । संरचना भत्काउन थालेपछि आसपासका बासिन्दाहरू आफैँ पनि कस्सिएका छन् । डोजरले लथालिङ्ग पारेर भत्काउनुभन्दा आफैँले भत्काइदिएको कुश्मा–५ का टङ्कनाथ रेग्मीले बताउनुभयो ।
नगरपालिकाले स्थायी संरचना र ऐतिहासिक महत्व जोडिएका मठमन्दिर भने तत्काल नभत्काइने जनाएको छ । त्यस्तै अतिविपन्न परिवारका संरचना पनि सकेसम्म जोगाइने वडाध्यक्ष शर्माले जानकारी दिनुभयो । “केही महत्वपूर्ण संरचना जोगाउनैपर्ने भए त्यसमा तत्काल क्षति नपुग्ने गरी सडक कालोपत्रे गर्ने बेलासम्म स्थायी व्यवस्थापन गरिने उहाँको भनाइ छ । सडक कालोपत्रे गर्ने समयमा भने न्यूनतम आठ मिटरकै बनाइने उहाँले बताउनुभयो ।
नगरपालिकाले धमाधम घरटहरा भत्काउन थालेपछि केही स्थानीयले विरोध जनाएका छन् । उनीहरुले बिनासूचना घरघरै डोजर चलाउँदा कतिपय संरचना जोगाउन नसकिएको बताउनुभयो । नगरको विकास विरोधी नभई सूचना नपाएकामा आपत्ति भएको स्थानीय विष्णु नेवारले गुनासो गरेका हुन् ।
नगरपालिकाले भने केही दिनअघि ठाउँठाउँमा सूचना टाँस गरेर मात्रै काम शुरु गरेको जनाएको छ । जनप्रतिनिधिले कुश्माको मुख्य बजार क्षेत्रमा चक्रपथ बनाउनैपर्ने भएकाले यो कदम चालिएको बताएका छन् । शहरी विकासबाट यहाँको सबै सडक कालोपत्रे गर्न टेण्डर परिसकेको नगरप्रमुख जोशीले बताउनुभयो । अहिले सडक चौडा नगरिदिने हो भने आएको बजेट पनि फिर्ता हुने भएकाले सडक विस्तार अभियान थालिएको जोशीले बताउनुभयो । उहाँले नालीसहित आठ मिटरको सडक बनाइने बताउनुभयो ।
सडक बिस्तार अभियानअन्तर्गत नगरपालिकाले दुई साताभित्र आठ मिटर मापदण्ड पुग्ने गरी पूर्वाधार फराकिलो पारिसक्ने जनाएको छ । त्यसलगत्तै नाली बनाउन थाल्ने योजना छ । आवश्यकताअनुसार नाली र कल्भर्टलगायतका संरचना निर्माण भएपछि चालु वर्षभित्रै कालोपत्रेको काम शुरु हुने नगरपालिकाले जनाएको छ । कुश्मामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएका बेला सडक व्यवस्थित बनाउन सकेमा सबैको लागि सहज हुने नगरप्रमुख जोशीको भनाइ छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई
२ भाद्र २०७९, बिहीबार -
एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे अध्यक्षमा तुलसिराम खड्का
३१ श्रावण २०७९, मंगलवार -
हेमजामा जिल्ला स्तरीय तीज मेला हुने
३० श्रावण २०७९, सोमबार -
संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल
२५ श्रावण २०७९, बुधबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई
पोखरा । रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेललाई चयन गरेको छ […]
एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे अध्यक्षमा तुलसिराम खड्का
पाेखरा।पाेखरामा पुराना एवम् ऐतिहासिक सिक्का तथा कागजी नाेट संग्रहकर्ताहरुकाे संस्था एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे प्रथम साधारणसभा एवम् अधिवेशनले तुलसिराम खड्काकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा शिव प्रसाद श्रेष्ठ, सचिवमा प्रकाशसिंह भण्डारी र काेषाध्यक्षमा हरि वहादुर ढकाल रहनुभएकाे छ। त्यसैगरी सदस्यहरुमा कमल बहादुर गुरुङ ,सुर्य कार्की,अजय श्रेष्ठ ,उर्मिला थापा र प्रेम […]
हेमजामा जिल्ला स्तरीय तीज मेला हुने
परशुराम अधिकारी हेमजा ।कास्कीको हेमजामा यस बर्ष जिल्ला स्तरीय तीज मेला हुने भएको छ । हेमजा स्थित सफल उधमशिल महिला समुहको आयोजनामा सो मेला हुने भएको हो । नारी एक भूमिका अनेक,उधम गरौ उधमशिल बनौ भन्ने नाराका साथ स्थापित सो समुहले मेलाको अबसर पारि तीज गीत प्रतियोगिता ,हाँस्य प्रस्तुती,विविध साँस्कृतिक कार्यक्रम एवं सम्मान कार्यक्रम […]
संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश विकास समास्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले संघीयताको पहिचान […]
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो हाेटल र […]
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो […]
यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान
पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड […]
प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन
पोखरा । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोभ्mा समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण […]
प्रेस युनियनका पदाधिकारीको पोखरामा सम्मान
पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका हुन । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव […]
आमसञ्चार विधेयक पत्रकारमैत्री हुने
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए । संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा […]
Leave a Reply
You must be logged in to post a comment.