प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार

१३ कार्तिक २०७५, मंगलवार

,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।उपचारमा संलग्न  निजी चिकित्सक डा। दिव्या सिंह शाहले सोमबार भन्दा मंगलबार निकै सुधार देखिएको बताइन । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको थियो ।
उनका अनुसार प्रधानमन्त्री ओलीको सोमबार भन्दा मंगलबार स्वास्थ्य सुधार हुदै गएको छ  , ‘अघिल्लो दिनको तुलनामा राम्रोसँग कुरा गर्न सक्नु हुन्छ उनले भनिन्, । , ओलीले सोमबार राति र मंगलबार बिहान झोलिलो खानेकुरा समेत खाएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पछिल्लो समय भएको सुधारको विस्तृत जानकारी १० बजेपछि पत्रकार सम्मेलन गरेर दिने तयारी उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।

Leave a Reply