रारामा पूर्वाधार अभाव
– आदित्य दाहाल
कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।
समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करीब पाँच दशमलव १ किमी तथा चौडाइ करीब २ दशमलव ७ किमी रहेको छ । रारा क्षेत्र प्राकृतिक रुपमा आफैँमा सौन्दर्यको खानी भए पनि यहाँ पूर्वाधारको निकै कमी रहेको छ । रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन् ।
ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत्, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्नसमेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपरेको बुटवलबाट रारा घुम्न आउनुभएका दीपेश श्रेष्ठ बताउनुहुन्छ । कर्णाली प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेको छ । यहाँ त्यस अनुसारको पूर्वाधार निर्माण भने गर्न सकिएको छैन । कर्णाली प्रदेश सरकारले एक वर्षभित्र रारा र आसपासको क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएको यहाँ पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुनासो गरेका छन् ।
रारा तालको परिधिभित्र डाँफे र भिलेज गरी दुई होटल सञ्चालनमा छन् । दुई होटलमा जम्मा २८ कोठा रहेको छ । दिनहुँ आउने हजाराँै पर्यटकलाई भने बस्न असहज हुने गरेको छ । सिन्धुपाल्चोकबाट रारा घुम्न आउनुभएका पर्यटक राजु बुढामगर राराको वर्णन गरी साध्य छैन भन्नुहुन्छ । “पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा परेको छ,” उहाँले भन्नुभयो । रारा राष्ट्रिय निकुञ्जभित्र तथा तालको वरपर होटल सञ्चालन गर्न नपाउनुपर्ने भए पनि राष्ट्रिय निकुञ्जको क्यान्टिनको रूपमा रहेको डाँफे र भिलेज होटल एकलौटी रूपमा सञ्चालनमा छ ।
उद्योग वाणिज्य सङ्घ मुगुका सदस्य गङ्गाबहादुर शाही भन्नुहुन्छ, “पर्यटकलाई मध्यनजगर राख्दै खान बस्नको सुविधाको लागि होटल सञ्चालनको पहल गर्दा सञ्चालन गर्न दिँदैनन् ।” केहीले एकलौटी रुपमा व्यवसाय गर्ने गरे पनि अन्यलाई होटल व्यवसाय गर्न नदिएको उहाँको आरोप छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले अन्य होटल सञ्चालनका लागि स्वीकृति दिइएको छैन । यहाँ दुई होटल निर्वाध रूपमा सञ्चालन भइरहेको शाही बताउनुहुन्छ । यस विषयमा रारा राष्ट्रिय निकुञ्ज मौन रहँदै आएको छ ।
राराताल घुम्न आउने पर्यटकलाई टेलिफोन र इन्टरनेटको असुविधा छ । नेपाल टेलिकम र एनसेलले काम नगर्ने झापाबाट आएका पर्यटक प्रवीण काफ्ले बताउनुहुन्छ । काफ्ले यहाँको पर्यटनलाई व्यवस्थित बनाउन पहिला खाने, बस्ने, नेटवर्क तथा इन्टरनेटजस्ता अतिआवश्यक कुराको सुविधा दिनुपर्ने बताउनुहुन्छ । कठिन अनि लामो बाटोको प्रवाह नगरी सडक मार्ग भएर रारा घुम्न निस्कने पर्यटकले रारालाई पूर्ण बनाउन यहाँको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । रारालाई नेपालको स्वर्ग मानिए पनि कठिन यात्राबाट पुग्ने पर्यटक यहाँ पूर्वाधारको कमीले यात्रा खल्लो हुने गरेको गुनासो गर्दै आएका छन् ।
वैशाखमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुग्नुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ भित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने बताउनुभएको थियो । सात महीना बित्नैलाग्दा समेत पर्यटकले अतिआवश्यक सुविधा पाउन सकेका छैनन् । रारा घुम्न आउने पर्यटक कोही टेन्टमा त कोही नजिकका गाउँमा बास माग्न बाध्य छन् । टेन्टमा बस्ने पर्यटक चिसोले रातभर कठ्याङ्ग्रीन बाध्य छन् । कतिपयले त बस्नको लागि टेन्ट पनि पाउँदैनन् । रारामा बास नपाउने तथा भोकभोकै बस्नु पर्ने बाध्यता छ ।
नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल पर्यटन विकास, पर्यटनसँगै भित्रिने प्रदूषण, व्यापारीकरण रोक्नुपर्ने बताउनुहुन्छ । यसका साथसाथै निकुञ्जभित्र पहिलेको तुलनामा वन्यजन्तु लोप हुँदै गएको, तालमा माछाको सङ्ख्या घट्टै भएको र वन्यजन्तुको चरनक्षेत्र मासिदै गएकाले निकुञ्जको अस्तित्व मेटिन सक्ने मल्ल बताउनुहुन्छ । यसतर्फ निकुञ्ज र सरकारले ध्यान जानुपर्ने उहाँको भनाइ छ ।
छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरवासीको माग छ ।
अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु शिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्र्दयमा सुनमा सुगन्ध पुग्ने देखिन्छ । कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्म जाने पर्यटकलाई सुविधाको हिसाबमा होमस्टे सञ्चालन गर्ने हो भने यहाँको व्यवसाय फस्टाउने तथा पर्यटकलाई समेत सुविधा पुग्नेछ । विसं २०६९ पुसमा नाग्मा (कालीकोट र जुम्लाको सिमाना)हुँदै मुगु सदरमुकाम गमगढीसम्मको बाटो सञ्चालन भएसँगै रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । काठमाडौँ, बुटवल, नेपालगञ्ज तथा देशका विभिन्न स्थानबाट रारा घुम्न जिप, बस तथा मोटरसाइकल लिएर आउने प्रशस्त छन् ।
यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ । रारा पुग्न हवाईमार्गको पनि सुविधा छ । नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करीब दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
११ चैत्र २०७९, शनिबार -
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
८ चैत्र २०७९, बुधबार -
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन […]
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
Leave a Reply
You must be logged in to post a comment.