जनताले काँग्रेस नै ठिक भन्न थाले, नेता सिंह

१६ आश्विन २०७५, मंगलवार

काठमाडौं , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  जनताले काँग्रेस नै ठिक भन्न थालेको बताएका छन । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिहंले  महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको  बताए । अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ, नेता सिंहले भने, कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ सबै जनताले अनुभुति गरिरहेका छन उनले भने ।
दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गर्दे  नेता सिंहले भने, जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।
नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको समेत  उनले जानकारी दिए ।
उनले भने, ुअब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिकरुपमा अभ्यास सुरु गरेका छौं । आउँदा चुनौतीहरुलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी पार्टीको रुपमा कांग्रेसलाई तपाईंहरुले चाँडै पाउनु हुनेछ ।ु

Leave a Reply