चाडपर्वहरुको पुर्ब सन्ध्यामा जिल्ला प्रहरी कार्यलय कास्कीको सुरक्षा ब्यबस्था बलियो

0
548

हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा ल्होसार लगायतका चाडपर्वहरुको पुर्ब सन्ध्यामा जिल्ला प्रहरी कार्यलय कास्कीले  सुरक्षा ब्यबस्था बलियो बनाएको जनाएको छ ।
बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर विभिन्न ठाउँमा १८ प्रकारको चकिङ गर्ने ५ सय ८६ जनशक्ति सुरक्षाको लागि परिचालित गर्ने जानकारी दिएका छन् । चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधिक घटना तथा सवारी दुर्घटनाहरुलाई नियन्त्रण गर्न प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरी कास्कीमा रहेका पोखरा महानगरपालिका, गाउँपालिका लगाएत विभिन्न ठाउँमा सुरक्षा ब्यवस्था थप गरिएको बताए ।
राजमार्ग गस्ती, मोटरसाईकल गस्ती, मोवाईल गस्ती, पैदल गस्ति, बिशेष चेकिङ, सरप्राईज चेकिङ, एम्बुसिङ, लगायतका कुराहरुको परिचालन गरिने र उक्त योजना अनुसार २० गते देखि सुरक्षालाई कडा पारिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने, प्रहरी जनशक्ति र साधनहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी पोखरा महानगरका र ग्रामिण इलाकामा रहेको सम्पूर्ण क्षेत्रहरुको सुरक्षा अवस्था सामान्य कायम राख्ने रानाले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा वृद्दि रहेको, पटेका, प्रज्वनशिल जस्ता क्रियाकलाप भएको, देउसी भैलोको नाममा रातभरि होहल्ला गर्ने जस्ता घटनाहरु रोक्ने रानाको भनाई छ । कोत्रे, गगनगौडा, बिजयपुर र तालचोक, याम्दी, हेम्जा, कालिमाटी, खाडेखोला लगायतका ठाउँमा कुकुरको सहयोगले चेकिङ गर्ने प्रहरीको योजना रहेको कुरा जानकारी दिए ।