बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

१९ आश्विन २०७५, शुक्रबार

बैतडी, १९ असोज किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज सजाय सुनाएको हो। जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका–१ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको थियो । पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ ।
यस्तै मेलौली नगरपालिका–२ का २९ वर्षीय किशोरराम ओडले एक महिलालाई जबर्जस्ती करणी गरेको पुष्टि भएपछि आजै जिल्ला अदालतले उनलाई आठ वर्ष कैद र रु ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ । ओडले गत जेठ ८ गते जबर्जस्ती करणी गरेको थियो । रासस

Leave a Reply