यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गर्नु पर्नेमा जोड

१९ आश्विन २०७५, शुक्रबार

यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गर्नु पर्नेमा जोड

सरिता तिम्सिना पगेनी
समाजमा बढ्दो हत्या हिंसा र बलत्कारका घटनालाई न्युनिकरन गर्न यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गरिनु पर्नेमा जोड दिइएको छ ।परिबर्तनका लागि कार्य नेपालले छोरी बचाँउ अभियान अन्र्तगत पोखरामा बढ्दो महिला हत्या,हिंसा र बलत्कार बिरुद्ध सरोकारवाला संग गरिएको अन्तरक्रिया कार्यक्रममा कानुनको अनबिज्ञता,नैतिक शिक्षाको कमी, ,गरिबी,पारिवारिक बिखण्डन, जाँड रक्सी तथा लागुपदार्थ को प्रयोग,नैतिक शिक्षाको अभाब,पुरुष सत्ताले महिला सत्तालाइ अस्विकार गर्ने प्रबृत्ति , बढ्दो नास्तिक प्रबृत्ति ,दण्डहिनता ,अपराधमा राजनितिकरण ,प्रहरी प्रशासनको हेलचक्रयाइ,लगाएतका कारणले समाजमा हत्या हिंसा र बलत्कार जस्ता घटनाहरु बढिरहेको सरोकारवालाहरुले बताए । कार्यक्रममा बोल्दै पुर्ब सभासद शारदा पौडेलले समाजमा बालिका देखि जेष्ठ नागरिक महिला सम्म असुरक्षित बन्दै गएको भन्दै बढ्दो हत्या,हिंसा र बलत्कार रोक्न सरोकारवाला बिचको सहकार्य र एकता आबश्यक रहेको बताइन ।उनले टोलटोलमा महिलाहरु संगठित भएर प्रतिकार समुह गठन गर्न समेत सुझाब दिइन । पोखरा महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाका महिला बिकास अधिकृत कल्पना साप्कोटा ले महिला हिंसाको सवालमा सबै सरोकारवालाहरु जिम्मेवार भएर लाग्नु पर्ने बताउदै ,प्रहरीको साथ भयो भने पिडितलाइ तुरुन्तै न्याय दिन सकिने बताइन ।जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक जगदिश रेग्मीले पछिल्लो समय स्कुले बालबालिका बढि हिंसामा परेको जानकारी दिदै ,यस बिषयमा अभिभाबक थप सचेत हुन पर्ने बताए। आफ्ना छोराछोरीले गरेका क्रियाकलाप प्रति अभिभाबकले निगरानी राख्नु पर्नेमा जोड दिदै उनले ,हिंसामा परेमा १०० र बालबालिका हराएमा १०४ नम्बरमा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गरे ।नागरिक समाजका पुर्ब संयोजक राम बहादुर पौडेलले राजनितिको आडमा अपराधिलाइ संरक्षण दिन प्रबृत्ति रहेको भन्दै यसका बिरुद्ध नागरिक समाजले सधै खबरदारी गर्न आबश्यक रहेको बताए। कार्यक्रममा संस्थाका सल्लाहाकार अधिबत्ता शालिकराम भट्टराइ, सामाजिक अभियान्ताहरु अञ्जु केसी, माया गुरुङ्ग, बिबि बिष्ट, सुस्मा पौडेल,लालीमाया रेग्मी,मीना ढकाल,साबीत्री शर्मा,बिण्णु पौडेल,निशा नाजबुन खाँन लगाएतले बोलेका थिए ।परिबर्तनका लागि कार्य नेपालका अध्यक्ष गीता लामिछाने को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण छोरी बचाँउ अभियानका प्रबत्ता क्रियाशिल पत्रकार महिला कास्की का अध्यक्ष सरिता तिम्सिना पगेनीले गरेकी थिइन ।

Leave a Reply