राष्ट्रपति चयनका लागि क्यामरुनमा निर्वाचन

२१ आश्विन २०७५, आईतवार

क्यामरुन, २१ असोज क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । वर्तमान राष्ट्रपति पल बीया सातौ कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।
उहाँका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन् । राष्ट्रपति पल अफ्रिकी शासकहरुमध्ये सम्भवतः सबैभन्दा धेरै समय राष्ट्रपति हुने व्यक्ति हुनुहुन्छ ।
“मलाई मतदान गरेपछि गौरब लाग्यो,” विमानस्थलमा काम गर्ने एक जना ३८ वर्षीय पार्टिकले मतदान पश्चात भन्नुभयो ।
उहाँले थप्नुभयो, “म नयाँ राष्ट्रपति चाहन्छु र निर्वाचन पनि शान्तिपूर्ण होस् भन्ने हाम्रो कामना छ ।” रासस

Leave a Reply