भिटामिन ए खुवाइयो
छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकलाई एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि, पाखुराको नाप र बालभिटा प्रदान गरिएको छ ।
बुधबार र आज गरी दुई दिने भिटामिन ए खुवाउने अभियान देशव्यापी रुपमा सञ्चालन भएका थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ ।
सो सञ्चालन गर्न देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका÷स्वास्थ्यकर्मी जनशक्ति परिचालन हुनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सम्पन्न भएको बालस्वास्थ्य शाखा अन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।
यसपटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका÷नगरपालिका)ले सफलता पूर्वक सञ्चालन गरेका थिए । प्रदेशका सामाजिक मन्त्रालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुगमन गरेका थियो । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गरियो ।” उहाँले भन्नुभयो ।
शाखा प्रमुख पराजुलीकाअनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइएको थियो ।
“भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरूलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउनुहुन्छ ।
भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अतिआवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइएको थियो । सन् २००८देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो ।
बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिएको थियो । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनुपर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
पहिलो दिनमा स्वयंसेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गरेका थिए । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले आज घर घरमा गई ती सेवा प्रदान गरेका थिए ।
मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्नुहुन्छ ।
सकुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिएको थियो ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
८ चैत्र २०७९, बुधबार -
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार -
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
६ चैत्र २०७९, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
इतिहास तथा संस्कृति विभागद्वारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत
पोखरा ।इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ । विभागका प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए । ‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको […]
Leave a Reply
You must be logged in to post a comment.