डेंगु रोगको बिषयमा सचेतना जगाँउदै वडा अध्यक्ष गुरुङ

१६ कार्तिक २०७५, शुक्रबार

 

कास्कीको रुपा गाँउपालिका वडा नं ६ का वडाअध्यक्ष नारायण गूरुङ ले  डेंगु रोगबाट  सचेत रहन  आग्रह गरेका छन। कास्कीमा डेंगु रोग संक्रमितको संख्या बढे संगै लामखुट्ठेको टोकाइबाट हुने  डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अध्यक्ष गुरुङ्गले सर्बाजनिक सुचना सहित आग्रह गरेका हुन  ।

लामखूट्ठेको टोकाइबाट सर्ने डेङ्गू रोगबाट बच्न उनले घरवरीपरीका पानी जम्ने खाल्टाखूल्टी पूर्न, सरसफाई गर्न,लामखुट्ठे मार्ने बिषादी छर्किन,झुल टाँगेर सुत्न आग्रह गरेका छन । रोगबाट आँफु पनि बचौँ र अरुलाइ पनि बचाँऔं भन्दै गुरुङ्ले डेंगु रोगको बिषयमा प्रचार प्रसार गरि  सचेतना फैलाउन समेत अनुरोध गरेका छन । डेंगु संक्रमणले शरीरमा रगत जम्ने प्रकृया अब्यबस्थित गराई घातक रुप लिँदा  छाला,पेट ,आन्द्राजस्ता शरीरका भित्री भागमा रत्तस्राव हुने चिकित्सको भनाई छ ।

Leave a Reply